त्रिशूली–३ 'ए' को सुरुङमा उद्धार कार्य स्थगित

त्रिशूली–३ 'ए' को सुरुङमा उद्धार कार्य स्थगित

काठमाडौं। नुवाकोटको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको खोज तथा उद्धार कार्य हाललाई बन्द गरिएको छ। सुरुङभित्र थप उद्धार गर्न कठिनाइ भएपछि सुरक्षा निकाय र प्राविधिकहरूको संयुक्त टोलीले उद्धार कार्य रोकेको हो।

शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बलका १८ जना तथा नेपाल प्रहरी र विज्ञ प्राविधिकहरूको टोली परिचालन गरिएको थियो। उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल (छाउनी) ल्याएको छ।

खोजीका क्रममा सुरुङभित्रबाट एक जनाको शवसमेत निकालिएको छ। त्यसपछि पनि अन्य सम्भावित व्यक्तिहरूको खोजीका लागि प्रयास जारी राखिएको भए तापनि सुरुङभित्रको जटिल परिस्थितिका कारण तत्कालका लागि उद्धार कार्य स्थगित गरिएको छ।

छुटाउनुभयो कि ?