काठमाडौं। विपद् प्रभावितहरूका लागि कतार सरकारले पठाएको राहत सामग्री बोकेको विशेष जहाज सोमबार साँझ काठमाडौँ आइपुगेको छ। कतारबाट उडेको उक्त जहाज केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
नेपालमा हालै आएको बाढीपहिरो र विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि कतारले राहत सामग्री पठाएको हो। विमानमार्फत ल्याइएको उक्त राहत सामग्री विमानस्थलमै एक कार्यक्रमका बीच नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ।