काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित विभिन्न जिल्लामा आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जना गरी कुल ७८८ जनाको शव फेला परेको हो।
नेपाल प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा अन्य निकायहरूसँगको समन्वयमा खोज तथा उद्धार कार्यलाई तीव्र पार्ने र अवरुद्ध भएका सडकमार्ग खुलाउने काम निरन्तर गरिरहेको जनाएको छ।