काठमाडौं। रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ।
बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले सुरक्षित रहन अपिल गर्नुभएको हो।
यसअघि गत भदौ १० गते बुधबार पनि ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। पुनः बाढी आएपछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।