सुनसरीको कप्तानगञ्ज घटनामा घाइते रवीन्द्र मेहताको मृत्यु, मृतकको सङ्ख्या ३ पुग्यो

सुनसरीको कप्तानगञ्ज घटनामा घाइते रवीन्द्र मेहताको मृत्यु, मृतकको सङ्ख्या ३ पुग्यो

काठमाडौँ। सुनसरीको कप्तानगञ्जमा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। घटनालगत्तै आकस्मिक उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।

काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार मङ्गलवार बिहान १०:३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। मृतक मेहताको शरीरमा गोली लागेको र स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेका कारण गोली निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

मेहताको निधन भएसँगै सुनसरीको कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेहरूको कुल सङ्ख्या तीन पुगेको छ।

छुटाउनुभयो कि ?