साउनको तेस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको तेस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं।  चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका प्रमुख शिव मन्दिरहरूमा पूजा-आराधना गर्ने भक्तजनको बाक्लो उपस्थिति रहेको छ। साउने सोमबारका अवसरमा भगवान् शिवको दर्शन र जल अर्पण गर्न श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीको सहजताका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको छ। मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लाइनको प्रबन्ध मिलाउनुका साथै 'बोल बम' यात्रीहरूका लागि विशेष व्यवस्था गरिएको छ।

पशुपतिनाथका अलावा उपत्यकाका अन्य प्रमुख शिवालयहरू जस्तै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायत साना-ठूला सबै शिव मन्दिरहरूमा पनि दर्शनार्थीहरूको उल्लेख्य घुइँचो लागेको छ।

छुटाउनुभयो कि ?