काठमाडौँ। आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले हरेक वर्षको जुलाई २९ तारिखलाई 'विश्व बाघ दिवस'का रूपमा मनाउने घोषणा गरेसँगै नेपालसहित विश्वभर यो दिवस नियमित रूपमा मनाउन थालिएको हो।
बाघको संरक्षणका लागि तिनको प्राकृतिक बासस्थानको रक्षा गर्ने, सङ्ख्यामा आउन सक्ने ह्रासबारे जनचेतना फैलाउने तथा संरक्षणका विविध मुद्दाहरूमा छलफल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
यस अवसरमा बाघ संरक्षणमा हासिल भएका उपलब्धिहरूको सराहना गर्दै भविष्यमा अपनाउनुपर्ने रणनीति र प्रोत्साहनका विषयहरूमा केन्द्रित रहेर देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।