उपत्यकामा २४ घण्टाभित्र ७५५ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

उपत्यकामा २४ घण्टाभित्र ७५५ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ७५५ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। सोमबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालित विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी हाँक्ने ८३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ५२ जना र रातो बत्ती मिच्ने ४० जना चालक रहेका छन्। त्यस्तै, सडक फुटपाथमा सवारी पार्किङ गर्ने २६ जना, अवस्था ठिक नभएका सवारी चलाउने २६ जना, एकतर्फी (वान-वे) सडकमा सवारी मोड्ने २५ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २३ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ जना चालकलाई पनि कारबाही गरिएको छ।

यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने थप ४६५ जना चालकलाई समेत जाँचका क्रममा नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?