अब निकाल्नुस जुनसुकै बैंकको एटीएमबाट पैसा :थप शुल्क नकाटिने

अब निकाल्नुस जुनसुकै बैंकको एटीएमबाट पैसा :थप शुल्क नकाटिने

काठमाडौं : आजदेखी जुनसुकै बैंकको एटीएमबाट जुनसुकै बैंकबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने तथा नि:शुल्क भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो ।

यस्तै मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने संघले जनाएको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिईओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु छुट्टाछुट्टै भवनमा बसेर काम गर्न पनि सुझाब दिएको छ ।