प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा साँझ जनतालाई सम्बोधन गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा साँझ जनतालाई सम्बोधन गरिने

काठमाडौं: आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा साँझ जनतालाई सम्बोधन गरिने भएको छ।प्रम ओलीले साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको हो ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् ।

प्रधानमन्त्रीको भर्खरै मिर्गौला पुनः प्रत्यारापण गरेका कारण संक्रमणबाट जोगाउन जनतालाई सम्बोधन गर्ने बेला भिडभाड हुन नदिन राज्य नियन्त्रित सन्चारमाध्यमलाई मात्र प्रवेश दिइने स्रोतले जनाएको छ साथै तीनै च्यानलबाट निजी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रधामनन्त्रीको सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।