कोरोनाको त्रास राष्ट्रियसभाको बैठकमा पनि:अनिश्चितकालका लागि स्थगित

कोरोनाको त्रास राष्ट्रियसभाको बैठकमा पनि:अनिश्चितकालका लागि स्थगित

काठमाडौँ: बिश्वव्यापी रुपमा फैलिरहेका कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सतर्कता अपनाउदै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पश्चात बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि बैठक स्थगित गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गतेलाई सारिएको छ ।