मनकामनाको केबलकार चैत मसान्तसम्म बन्द

मनकामनाको केबलकार चैत मसान्तसम्म बन्द

काठमाडौं : मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजरमा राख्दै मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले बन्द गर्ने निर्णय जानकारी दिए ।

शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको नायव महाप्रबन्धक कायस्थले बताए ।

उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो ।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ ।