प्रवेश परीक्षा र ब्रिज कोर्स पूर्ण रुपमा बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

प्रवेश परीक्षा र ब्रिज कोर्स पूर्ण रुपमा बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं, १५ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

आज (आइतबार) मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यस्तो कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने हुँदा बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् । मन्त्रालयले २०८२ चैत १३ गते मन्त्रीस्तरबाट निर्णय गर्दै २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रम बन्द गर्न निर्देशन दिएको जनाएको छ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रियाअघि सञ्चालन गरिँदै आएका ‘इन्ट्रान्स प्रिपरेशन’ कक्षा र ‘ब्रिज कोर्स’ नामका कार्यक्रम पूर्ण रूपमा रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको उल्लेख छ। यो निर्णय कार्यावयन कडाईका साथ गरिने जनाईएको छ । यदि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अनुरोध गरेको छ।

यस्तो छ निर्णय