लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

काठमाडौं: लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

उपसचिव एकानारायण शर्माले आज बसेको बैठकमा आयोगले चैत ८ गतेदेखि चैत मसान्तसम्मको सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

साथै विज्ञप्तिमार्फत सूचना नपाएसम्म लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम स्थगित गरिएको जनाएको छ ।