वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान:ओलीलाइ फकाउँदै प्रचण्ड

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान:ओलीलाइ फकाउँदै प्रचण्ड

काठमाडौँ: हिजो भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनबारे पूनः छलफल भएको छ ।

स्रोतकाअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौतमलाई राष्ट्रिय सभचामा लैजानेबारेको निर्णय कार्यान्वयनतर्फ ध्यानाकार्षण गराउदै प्रधानमन्त्री ओलीलाई फकाएको बुझिएको छ ।

यसअघि ओलीले कुनैपनि हालतमा वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको थियो ।

हिजोको बैठकमा अध्यक्ष दाहालले गौतमलाई राष्ट्रिय सभामा लैजाने उक्त निर्णयमा तलमाथि नगर्नसमेत प्रम ओलीलाई ध्यानाकार्षण गराएका थिए । दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यदि उहाँले यो निर्णय तलमाथि गर्नुभयो भने यसले तपालाई घाटा हुन्छ ।’

उता, पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय कार्यान्वयन हुने र उक्त निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका छन्र साथै उक्त निर्णयमा अध्यक्ष ओली पनि सहमत हुनुहुन्छ ।