इनिसा विकको न्यायको लागि आजपनि माइतीघरमा प्रदर्शन, दोषीलाई कारबाहीको माग

इनिसा विकको न्यायको लागि आजपनि माइतीघरमा प्रदर्शन, दोषीलाई कारबाहीको माग

काठमाडौं। सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घट्नामा आजपनि माइतीघरमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । यस घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै पछिल्लो दुई सातादेखि प्रदर्शन हुँदै आएकोमा आज पनि प्रदर्शन गरिएको छ ।

आजमात्रै इनिसाका दाजुले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा न्यायको लागि आवाज उठाएका थिए । उनले अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका थिए ।