कोरोनाका कारण नेपालले लगायो ५५ राष्ट्रलाइ प्रतिबन्ध: आवश्यक परेमा लकडाउनको सम्भावना

कोरोनाका कारण नेपालले लगायो ५५ राष्ट्रलाइ प्रतिबन्ध: आवश्यक परेमा लकडाउनको सम्भावना

काठमाडौँ: नेपाल सरकारले कोरोना भइरस (कोभिड-१९) को संक्रमण देखिएका राष्ट्रहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

बुधबार बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन निषेध लगाएको हो ।

बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।आवश्यक परेमा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।