काठमाडौं। गोरखामा शनिबार बेलुका भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरु सबैको पहिचान खुलेको छ । शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका (३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ सय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट दुई सय मिटर तल झरेको थियो ।
१४ जना सवार मध्ये सात जनाको घटनास्थलमै मृत्यु भएकोमा पाँच पुरुष र दुई जना महिलाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेलाई चितवनको भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरू भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ ।जसमा भारतका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीय सिबगामी, ५७ वर्षीय बिजायल, ५८ बर्षिय मिना र ६० वर्षीय तमिलारशी सबै एकै ठाउँका भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरत बहादुर बिकले बताए ।
दुर्घटनामा परी गम्भीर घाईतेहुनेमा माइक्रोबस चालक लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका –१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी, सहचालक लमजुङ बेँसीसहर नगरपालिका –३ का २९ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
त्यस्तै अन्य घाईतेहनेमा भारतका ६२ वर्षीय सोरनस, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीय शुभद्रा, ६५ वर्षीय मयाल, ७३ वर्षीय सरोजा, ६५ वर्षीय भाग्यलक्ष्मी र ३४ वर्षीय मिनाक्षीलाई चितवनको पुरानो मेडिकल कलेज उपचार भइरहेको छ ।