१० लाख थान मास्क र १६ कार्टुन स्यानिटाइजर बरामद

१० लाख थान मास्क र १६ कार्टुन स्यानिटाइजर बरामद

काठमाडौं : काठमाडौंको सानोभर्‍याङस्थित १० लाख थान मास्क सहित एक जना व्यक्ति पक्राउ परेको छ ।प्रहरीको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाको अनुसार बजारमा मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । विश्वभर कोरोना भाइरसको संक्रमण वेला कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिइएको गुनासो आएपछि निगराणी बढाउने क्रममा न्यौपाने पक्राउ परेको थापाको भनाइ छ ।

यसअघि महाशाखाले मंगलबार इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर १६ कार्टुन स्यानिटाइजरसहित रुपेश रौनियारलाई पक्राउ गरेको थियो ।

उनले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताए ।