सुर्खेतकी इनिसा विकको मृत्यु जवरजस्ती करणीबाट भएको पुष्टि

सुर्खेतकी इनिसा विकको मृत्यु जवरजस्ती करणीबाट भएको पुष्टि

काठमाडौं। सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तश्रावका कारण भएको पुष्टि भएको छ।

विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको प्रारम्भिक कारण खुलेको हो। पोस्टमार्टममा संलग्न चिकित्सक एवं भेरी अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यल डा. अर्विन शाक्यले मृतकको ढाडमा घस्रिएको चोटपटक लागेको र यौनांगको बाहिरी र भित्री भाग च्यातिएको पाइएको बताए। 

यसैवीच, बिकको मृत्युबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ। सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ। प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी उपरीक सुधिरराज शाहीले बताए। 

यसैवीच, सुर्खेतकी १६ वर्षीया इनिसा विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज तुलसीपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन्। तुलसीपुरस्थित ज्ञानज्योती माविका विद्यार्थीले विकको बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको मागसहित प्रदर्शन गरेका हुन्।

बलात्कार र हत्याविरूद्ध कडा कानून लागू गर, बालिकालाई सुरक्षित गरौं, इनिसालाई न्याय दे, दोषीलाई कार्वाही गरलगातका नारा लगाउँदै विद्यार्थीहरूले बजार परिक्रमा गरेका थिए।

सुर्खेतको उषा बालबाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विक गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि प्रदेश अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।