आजदेखि सरकारले बजारमा एक लाख थान मास्क वितरणमा ल्याउने

आजदेखि  सरकारले बजारमा एक लाख थान मास्क वितरणमा ल्याउने

काठमाडौं : आजदेखि नेपाल सरकारले बजारमा एक लाख थान मास्क उत्पादन गराएर वितरणमा जाने जनाएको छ । सोमबार प्रहरीको सहयोगमा कब्जामा लिइएका मास्क गुणस्तरहिन भएको बताउदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली बजारमा अभाव देखिएको मास्क उत्पादनको तयारी भइरहेको जनाएको हो ।

सहसचिव एवम प्रवक्ता प्रकाश दाहालले नीजी क्षेत्रको सहयोगमा दैनीक एक लाख थान मास्क उत्पादन गर्ने तयारी भइरहेको बताए । सरकारले चिनमा कोरोनाको संक्रमण फैलिएपछि केहि दिन अघि एक लाख थान मास्क चिन पठाएकाले अहिले नेपाली बजारमा मास्क अभाव सृजना भएको पनि स्पष्ट पारेको छ ।