पेट्रोलियम र ग्यास पदार्थमा कालोबजारी गर्नेलाई दुई लाखको जरीवाना

पेट्रोलियम र ग्यास  पदार्थमा  कालोबजारी गर्नेलाई दुई लाखको जरीवाना

काठमाडौं : पेट्रोलियम र ग्यास पदार्थमा कालोबजारी गर्दै आएको दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरेको जनाएको छ । विभागको अनुगमनका क्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको हो ।

यसरीनै मैतिदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिम अभाव देखाएर इन्धन भण्डारण गरेको विभागले फेला परेको थियो । बुधबार विभागको टोलीले १० वटा र्फम तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरीवाना गराइएको विभागले जनाएको छ । कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले ११३७ मा आग्रह गरेको छ ।