श्रीमान् को कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमान् को कुटाइबाट श्रीमतीको मृत्यु

भीमदत्तनगर :श्रीमान्को कुटाइबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले गत आइतबार मदिरा सेवन गरी पुनर्वास–८ ‘क’ गाउँका ६३ वर्षीय सफली बयाडीले श्रीमती ६० वर्षीया खञ्जुरी बयाडीलाई लाठी प्रहार गरी कुटपिट गरेको बताउनुभयो ।

“श्रीमान्ले कुटपिट गरेपछि वृद्धालाई उपचारका लागि अस्पताल पनि लगिएको रहेछ”, उहाँले भन्नुभयो, “मङ्गलबार घर ल्याउने क्रममा बाटोमा मृत्यु भयो ।” हत्यामा संलग्न बयाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक वृद्धाको शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।