धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

काठमाडाैं। धादिङमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु  भएकाे छ । साे दुर्घटनामा २४ घाइते भएका छन्  ।

गए राति करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका-५ भैंसिगौडास्थित पृथ्बी लोकमार्गमा पोखराबाट काठमाडाैंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसी दुर्घटना भएको हो।

उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल  बिपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनील गिरिको कमाण्डमा  बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको।

प्राप्त विवरणका अनुसार मृत्यु भएका १७ जनाको शब घटना स्थलमानै रहेको छ भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ। घाइते तथा मृतकको सनाखत हुन बाँकी छ।दुर्घटनाको कारण खुलेको छैन।