सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको नेपालको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार पनि १८ हजार ८०० रुपैयाँले घटेर सुन प्रतितोला ३ लाख रुपैयाँमा काराेबार भएकाे थियो । यस्तै शुक्रबार पनि तोलामा २० हजार ५०० रुपैयाँ घटेको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार ५ हजार ५०० रुपैयाँ थियो।