रौतहट। रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन्।
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो।
भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउदै गरेको बा. प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ आउदै गरेको बा .प्र.०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष यात्रुबाहक बस शुक्रबार बिहान करिब पौने २ बजे ठोक्किँएको प्रहरीले जानकारी दिएको छ।
बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरुको तत्काल उद्धार गरेको प्रहरी हो।
घाइतेहरु अहिले चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। सडकबाट बसलाई हटाएर सडक एकतर्फी खुलाइएको छ ।
प्रहरीका अनुसार एक जना बसका चालकलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भईरहेको छ।
घाइतेहरुको नामवली
दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र सबैको अवस्था मध्यम रहेको बुझिएको छ।
घाइतेहरुको नामावली यस प्रकार छन्
१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०), मध्यम
२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९), मध्यम
३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२), सामान्य
४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१), मध्यम
५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७), सामान्य
६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०), सामान्य
७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम
८. धनुषा जनकपुर–१ का बसन्त झा (४६), सामान्य
९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९), सामान्य
१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४), सामान्य
११. धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य
१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७), सामान्य
१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०), मध्यम
१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११), मध्यम
१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९), मध्यम
नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू
१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०), सामान्य
२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३), सामान्य
३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१), सामान्य
४. भारत मोतिहारीका सुनिल प्रसाद (३२), सामान्य
५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५), सामान्य
६. भारत मोतिहारीकी प्रिया जैशवाल (७), सामान्य
७. भारत मोतिहारीकी कृती जैशवाल (४), सामान्य
८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८), सामान्य
९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१), सामान्य
१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६), सामान्य
११. रौतहट गरुडा–७ का विजय साह (५०), सामान्य
१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०), सामान्य
१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२), मध्यम
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू
१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०), सामान्य
२. रौतहट दुर्गावती–२ का राजु दास (२५), सामान्य
३. भारत मोतिहारीका महमद साहेब (२२), सामान्य
४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९), सामान्य
५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९), मध्यम