काठमाडौं। एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ। गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो।
सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी हुँदा चार विकेटको क्षतिमा हुँदा १७४ रन बनाउँदै पूरा गरेको हो। एसिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो। यसअघि समूह चरणको खेलमासमेत पाकिस्तान भारतसँगै पराजित भएको थियो।
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले। ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन्।
सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको हो। पाकिस्तानका लागि साहिबजादा फरहानले अर्धशतक बनाए। ४५ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५८ रन जोडेका हुन्। उसका लागि सायम अउब र मोहमद नवाजले समान २१–२१ रन थपे।
भारतको बलिङतर्फ चार ओभर बलिङ गरेका जसप्रित बुम्राह विकेटबिहीन बने। उसका लागि शिभव दुवेले दुई विकेट हात पार्दा कुलदीप यादव र हार्दिक पाण्ड्याले एकएक विकेट लिए। यो जितसँगै भारत सुपर फोरमा दुई अंक जोडेको छ।