काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन्।
उनको नियुक्ति राष्ट्रपति कार्यालयबाट स्वीकृत भएपछि औपचारिक रूपमा हुनेछ।
यसअघि आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो।