सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा अडिएको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

यसदिन ३१८ स्क्रिप्सको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ करोड  ७७ लाख  ९२ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो।

आज सेन्सेटिभ इण्ड‍ेक्स अंकले घटेर बिन्दुमा पुगेको छ। नेप्से घटेपनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  सामुदायिक लघुवित्त वित्तीय संस्था,कर्पोरेट डेभलपमेन्ट बैंक र सिकलेस हाइ्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको ९.८९ र धवलागिरी  लघुवित्त वित्तीय संस्थाको सेयर ९.८४ प्रतिशतले घट्यो। दोहोरो अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १५० वटाको घटयो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो।

दुई समूहको उपसूचकबाहेक अन्य समूहका उपसूचक नकारात्मक देखिएका छन्।  डेभलपमेन्ट बैंक र मनु एण्ड प्रो समूहको उपसूचक सकारात्मक देखिएका हुन्।आज फाइनान्स समूहको उपसूचक सर्वाधिक २.४३ प्रतिशतले घट्यो।