सेयर बजारमा झिनो सुधार, चार अर्ब ३४ करोडको कारोबार

सेयर बजारमा झिनो सुधार, चार अर्ब ३४ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक २.९५ अंकले बढेको छ । नेप्से ०.११ अंकले बढेर २,६३३.८७ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ । आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये आठ वटाको समूहगत परिसूचक बढेको छ । पाँच वटाको घटेको छ । सबैभन्दा धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखरी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।