१७ अंकले बढ्यो नेप्से, आठ अर्ब ५२ करोडको कारोबार

१७ अंकले बढ्यो नेप्से, आठ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.८० अंकले बढेको छ । मंगलबार नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ को विन्दुमा पुगेको हो ।

यस दिन आठ अर्ब ५२ करोड १२ लाख रुपैयाँमा एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर कारोबार भएको नेपाल स्कट एक्सचेन्ज (नेप्से)ले जनाएको छ । दिव्येश्वरी हाइड्रोपावर र इंग्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये सातवटाको समूहगत परिसूचक बढेको छ । ६ वटाको समूहगत परिसूचक घटेको छ । विशालबजार कम्पनीको सेयर मूल्य ६.४८ प्रतिशतले वृद्धि हुँदा व्यापार क्षेत्रको सूचक ५.९६ प्रतिशतले बढेको छ ।