सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०३ अंकले घटेर २६६७ दशमलव ४० को विन्दुमा पुगेको छ ।

यस दिन सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

शिवश्री हाइड्रोपावर र ङ्यादी ग्रुप पावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ । लगानी समूहको परिसूचक ०.०८ प्रतिशत वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.६८ प्रतिशतले बढेको छ ।