काठमाडौं । मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। यस दिन नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द भएको छ।
मंगलबार दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ । यसदिन २२४ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्य बढ्दा एकको सेयर मूल्य स्थिर छ ।
मंगलबार सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ८.९३ प्रतिशतले घटेको छ ।
कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको सूचक ३.१७ प्रतिशतले घटेको छ ।