११ अंकले घट्यो नेप्से , ७ अर्ब ८५ करोडको कारोबार

११ अंकले घट्यो नेप्से , ७ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ ।

यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ । आज ८० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये तीन वटाको मात्र समूहगत परिसूचक बढेको छ ।

मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।