काठमाडौँ । बंगलादेशमा डेंगुका कारण शनिबार एकै दिन १० जनाको मृत्यु भएको छ। यससँगै डेंगुबाट ज्यान गुमाउनेको सङ्ख्या ३१० पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
भाइरसबाट यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। शनिबार बिहानसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमण भएको छ।
डेंगुको बढ्दो सङ्ख्यासँग जुध्न बंगलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन्।
सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको मृत्यु भएको थियो।