काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारको कारोबारमा २७ अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन बजार २७.४१ अंकले बढेको हो । बजार मापक २६४५.३६ विन्दुमा उक्लिएको छ ।
यस दिन २१३ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बजारसँगै कारोबार रकम पनि बढेको छ । पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको सेयर एक करोड चार लाख १८ हजारपटकमा खरिद–बिक्री भएको छ । आइतबार चार अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो ।
जानकी फाइनान्स तथा दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । रिभर फल्स, मेन्छियम हाइड्रो, मायाखोला हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे । बजार बढ्दा १३ वटै समूहगत परिसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३.४६ अंकले बढेको छ ।