काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फेसबूकमा अनफलो गर्ने अभियान चलिरहेको छ ।अहिलेसम्म उनलाई ७५ हजारभन्दा धेरैले फलोअर्सले अनफलो गरिसकेका छन् ।
नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले भने ओलीप्रति सहानुभूति व्यक्त गरेकी छन् । उनले आफ्नो प्रमाणित तथा आधिकारिक फेसबूकमा भनेकी छन्, “एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।”
रामकुमारी एमालेकी पूर्वनेता हुन् । पछिल्लोपटक माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा एकीकृत समाजवादीकै कित्तामा उभिएकी उनी अहिले पार्टी पदाधिकारीमा चुनावसमेत हारिन् ।
पदाधिकारीमा हारेपछि उनी एमाले फर्किने तयारीमा रहेको चर्चा हुने गरेको छ ।
ओलीको फेसबुकमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बालेन समर्थकले अनफलो अभियान चलाएपछि घटेर ५ लाख ९१ हजार पुगेको छ ।