सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन

सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन

काठमाडौं। अभिनेत्री वर्षा राउतले केही दिनअघि सामाजिक सञ्जालमा तस्वीर शेयर गरिन् । ती तस्वीरका आधारमा उनका फ्यानले वर्षालाई गर्भवती भएको आशंका गर्दै बधाई दिन थालेपछि उनले प्रतिक्रिया दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा कमेन्ट गर्दै आफू गर्भवती नभएको स्पष्ट पारेकी हुन् ।

वर्षाले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई आफू गर्भवती नभएको स्पष्ट पारेकी हुन् । ‘कृपया सबैजना शान्त रहनुस्, म गर्भवती छैन,’ उनले सामाजिक सञ्जालमा आफ्नो पोस्टमा कमेन्ट गर्दै स्पष्टीकरण नै दिएकी छिन् ।

उनको पोस्टमा अर्की अभिनेत्री पूजा शर्माले ठट्यौली पारामा आफूले केही नगरेको भन्दै ‘लभ यु बूढी’ लेखेकी छिन् ।

सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरका आधारमा फ्यानले उनलाई बधाई दिएका थिए । वर्षाले वि.सं. २०७५ सालमा अभिनेता सञ्जोग कोइरालासँग बिहे गरेकी थिइन् । उनीहरुले हालसम्म पनि सन्तानका बारेमा भने कुनै योजना बनाएका छैनन् ।

पछिल्लोपटक वर्षा फिल्म ‘महाजात्रा’ मा देखिएकी थिइन् ।