झिर्पु हाइड्रोपावरको ढलान भासिँदा दुई बेपत्ता, १० घाइते

झिर्पु  हाइड्रोपावरको ढलान भासिँदा दुई बेपत्ता,  १० घाइते

काठमाडौँ । सिन्धुपाल्चोकमा रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुई जना मजदुर बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो। त्यहाँबाट ९ जना मजदुरको उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।

दुई जना भने बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन्।