सरकारमा बसेर केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो होः गृहमन्त्री रवि लामिछाने

सरकारमा बसेर केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो होः गृहमन्त्री रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन्।

शनिबार काठमाडौंमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपा सरकारमा गएको १०० दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे। 

‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा। नराम्रो केही पनि नगर्नु नै आफैमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौं,’ उनले भने। 

उनले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताए। १०० दिनमा रास्वपाले के गर्‍यो चनेर मानिसहरूबीच बहस हुने गरेको पनि उनले बताए।