काठमाडौं । सञ्चारमाध्यम नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरी नियन्त्रणमा परेका पत्रकार विश्वमणि सुबेदी रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई केहीबेर अघि छाडेको हो।
प्रहरीले सुबेदीलाई नियन्त्रणमा लिएर नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन व्यापक दबाब दिएको थियो। सोही क्रममा प्रहरीले प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्युरोमा बोलाएर सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा प्रधान सम्पादक पौडेलले समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै स्रोत खुलाउन भने अस्वीकार गरेका थिए। सम्पादक पौडेलको अडानपछि प्रहरी पत्रकार सुबेदीलाई रिहा गर्न तयार भएको हो।