देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो : अध्यक्ष ओली

देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मित्था अनर्गल प्रचार गरिएको बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मित्था अनर्गल प्रचार गरिएको बताएका हुन्।

गिरीबन्धुलाई वेतिथी गर्नबाट रोक्नका लागि एमाले सरकारले कानून बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए।

अध्यक्ष ओलीले कांग्रेस वर्षौँसम्म सरकारको नेतृत्व गरेर बसेपनि सिन्को भाच्न नसकेको उल्लेख गरे। उनले धाँधली गरेर कांग्रेसले चूनाव जितेको भन्दै स्वस्थ प्रतिष्पर्धामा आउन चूनौति दिए।

ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिशन ८४ मा केन्द्रीत हुन निर्देशन दिनुभयो । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिद्धाउछौ भन्नेहरु असफल भएको जिकिर गरे। उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसम्वादका माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे।