काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सभ्य राजनीति गर्न आग्रह गरेका छन्।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अनावश्यक विवादमा आफू पर्न नचाहेको बताए। “भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, चार लात हानेँ यसपटक भनेर...,” ओलीले भने, “म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व जिम्मेवार सभ्य राजनीतिमा लानुपर्छ । असम्भ्य राजनीति होइन ।”
गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले भत्काएको न्युरोडको सडक पिच गरेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध आक्रोश पोखेका थिए ।