प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, विश्वासको मत के होला ?

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, विश्वासको मत के होला ?

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्‍यो ।

सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । यससँगै प्रधानमन्त्रीले लिने भनिएको विश्वासको मत अनिश्चित बनेको छ ।