गिरीबन्धु टी स्टेटबारे ओलीलाई देउवाको प्रश्न– आफूले गरेको कुरा हो भन्न के आपत्ति ?

गिरीबन्धु टी स्टेटबारे ओलीलाई देउवाको प्रश्न– आफूले गरेको कुरा हो भन्न के आपत्ति ?

​​​काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी स्टेट्को जग्गासम्बन्धी निर्णय आफ्नो पालामा नभएको प्रष्टिकरण दिएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा गिरिबन्धु टी स्टेटको ५१ बिघा र १९ बिघा जमिन कमिसन खाएर जग्गा बिक्री  गरेको आरोप कांग्रेसलाई लगाएपछि देउवाले यसबारे कांग्रेसले कुनै निर्णय नगरेको जवाफ दिएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी निर्णय ओलीकै पालामा भएको दावी गरे। अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलेको कुरा बाहिर आएको छ। आफूले निर्णय गर्ने अरुलाई भन्नुहुन्छ ।

कतिबेला भयो ? कहिले भयो ? भने भइहाल्यो नि। यस्तो कुरा उहाँजस्तो नेताले भन्न सुहाउँदैन। आफूले गरेको निर्णय गरेको हुँ भन्नलाई केको आपत्ती। अदालतले उहाँलाई भनेको छ। उहाँले कांग्रेसको पालामा भएको भन्नुहुन्छ।

गिरिबन्धु टी–स्टेटको क्षेत्रफल ३४३ बिघा १९ कट्ठा १२ धुर छ। त्यसमध्ये ५१ बिघा २०६०र६१ सालमै सट्टापट्टा तथा बिक्री वितरण भइसकेको छ। केही जग्गा मजदुरलाई बाँडिएको छ। हाल २ सय ८० बिघा यसको नाममा छ।