के छ राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ?

के छ राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ?

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पुग्नु हुँदा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएतले स्वागत गरेका थिए भने नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायीत्व, सुशासन बिकास र सामाजिक न्याय सहित समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्धत रहेको बताए । संघीयता कार्यान्वयनका साथै आर्थिक बिकासका साथै सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको उनले बताए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन र सन्तुलित परराष्ट्र नीति कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए। उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि सरकारले ध्यान केन्द्रीत गरेको जिकिर गरे । 

उनले व्यवसायीक वातावरण बनाउदै बन्द भएका उद्योगहरुलाई सञ्चालन गर्ने नीति सरकारको रहेको बताए । उनले स्वास्थ्य सेवालाई सहज बनाएर नागरिकको स्वास्थ्य अधिकारलाई थप स्थापीत गर्न खोजिएको धारणा राखे ।  राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।