राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने गठबन्धन बैठकको निर्णय

राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने गठबन्धन बैठकको निर्णय

काठमाडौैं । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमालेलाई राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो । 

गठबन्धनबीच  भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि  प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए।

सोही अनुसार बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । तर आज बसेको गठबन्धनको बैठकले एमालेलाई नसमेट्ने सहमति गरेसँगै ‘च्याप्टर क्लोज’ भएको हो ।

अब प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट हुने भएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए ।