काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झरेको बताएका छन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले भने, 'हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर, एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्यो,' उनले भने, 'यो समिति नबनाउनुको परिणाम हो ।'
पहिले एक क्विन्टल भनिएको सुन पगालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ । ब्रेक सूसँगै जोख्दा १५५ केजी भएको थियो ।
ओलीको यो अभिव्यक्तिप्रति गठबन्धन दलहरुले भने आपत्ति जनाएका छन् । सुन प्रकरणमा भ्रम छरेर छानविन प्रभावित पार्न एमाले कम्मर कसेर लागि परेको उनीहरुको आरोप छ ।