काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसको काँधमा बसेको टिप्पणी गरेका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा उनले काँग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताए । उनले काँग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै कटाक्ष गरे ।
काँग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचारविरुद्ध समेत बोल्न नसक्ने अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । त्यस्तै ओलीले यसअघि माओवादीसँग पार्टी एकीकरण गरे पनि थाक्रोजस्तो भएको बताए ।