सीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत भिड्दै

सीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत भिड्दै

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज  भारत ए सँग खेल्दैछ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा सुरु हुनेछ ।

आज नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । 

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो । गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत स्वतः छनोट भएको हो । 

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । 

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।